नेपाली बजारमा चेरी टिग्गो ४ प्रो एसयूभि सार्वजनिक,  मूल्य साढे ५२ लाख देखि ५८ लाख सम्म

४ बर्ष अगाडि

काठमाडौं - नेपालका लागि चेरी ब्रान्डको आधिकारिक वितरक सारडा ग्रुप अन्तर्गतको एसपिजी अटोमोबाइलसले चेरी टिग्गो ४ प्रो एसयूभि सार्वजनिक गरेको छ । यो सँगै नेपालमा पुनः चेरी गाडीको विक्री वितरण शुरु भएको घोषणा गरेको हो ।

चेरी टिग्गो ४ प्रो एसयुभि तीन भेरियन्टमा नेपाली बजारमा कम्पनीले उपलब्ध गराएको छ । जुन १.५ लि नेच्युरल्ली एस्पिरेटेड म्यानुल ट्रान्समिसन, १.५ एस्पिरेटेड सिभिटि र १.५ लि टर्बो चार्जड ९ स्पीड गिएर बक्स सिभिटि इन्जिन रहेका छन ।

नेच्युरल्ली एस्पिरेटेड इन्जिनले अधिकतम ८५ किलोवाट अर्थात (११५ पिएस र १३८ एनएम)को अधिकतम टर्क उत्पादन गर्दछ । त्यस्तै अर्को टर्बो सिभिटि इन्जिनले अधिकतमा ११५ किलोवाट ९१४७ पिएस तथा २१० एनएमको टर्क० उत्पादन गर्छ । टिग्गो ४ को प्रमाणित माइलेज १४.७ किमी प्रति घण्टा रहेको छ ।

त्यस्तै नयाँ टिग्गो ४ प्रो एसयूभिमा ४३१८ एमएम लम्बाइ र १६ सय ७० एमएम उचाई रहेको छ । यो गाडीको ग्राउन्ड क्लियरेन्स २०० एमएम रहेको छ ।

यो गाडी तीन भेरियन्टमा उपलब्ध छ । जसमा टिग्गो ४ प्रो १.५ लिको नेपाली मूल्य ४६ लाख २० हजार तोकिएको छ । त्यस्तै ४ प्रो १.५ सिमिटि र टर्बो सिभिटिको मूल्य क्रमशः ५२ लाख ५० हजार र ५८ लाख ४० हजार तोकिएको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया