काठमाडौं - यो साता नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा विभिन्न ६ वटा कम्पनीको शेयर मूल्य समायोजन भएको छ । जसमा सानिमा बैंक, माछापुच्छ्रे बैंक,
कुमारी बैंक, गुराँस लघुवित्त, कामना सेवा विकास बैंक र सिटिजन्स बैंक रहेका छन् ।
१. सानिमा बैंक
नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सानिमा बैंकको शेयरमूल्य समायोजन भएको छ । बैंकको १७ प्रतिशत बोनस शेयर समायोजन भएको हो । नेप्सेले शेयरमूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो । समायोजन पश्चात शेयर मूल्य ४१७ रुपैयाँ ७८ पैसा कायम भएको छ ।
२. माछापुच्छ्रे बैंक
नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा माछापुच्छ्रे बैंकको शेयरमूल्य समायोजन भएको छ । बैंकको १३.३० प्रतिशत बोनस शेयर समायोजन भएको हो । नेप्सेले शेयरमूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो । समायोजन पश्चात शेयर मूल्य ३२२ रुपैयाँ ७ पैसा कायम भएको छ ।
३. कुमारी बैंक
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा कुमारी बैंक लिमिटेड सेयर मूल्य समायोजन भएको छ । नेप्सेले बैंकको ६ प्रतिशत बोनस सेयर पछि नेप्सेले प्रतिकित्ता २ सय ६४ रूपैयाँ १५ पैसा कायम हुने गरी सेयरमूल्य समायोजन गरेको छ ।
४. गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेड
गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर मूल्य नेप्सेमा समायोजन भएको छ । लघुवित्तको १६.९०६४ प्रतिशत बोनस सेयर पछि नेप्सेले प्रतिकित्ता एक हजार ३ सय ४८ रूपैयाँ ९ पैसा कायम हुने गरी सेयरमूल्य समायोजन गरेको छ ।
५. कामना सेवा विकास बैंक
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा कामना सेवा विकास बैंक लिमिटेडको सेयरमूल्य समायोजन भएको छ । बैंकको १८.५० प्रतिशत बोनस सेयर पछि नेप्सेले प्रतिकित्ता ६ सय ७ रूपैयाँ कायम हुने गरी सेयरमूल्य समायोजन गरेको हो ।
६. सिटिजन्स बैंक
सिर्जना फाइनान्सको शेयर सिटिजन्स बैंकको नाममा सूचिकृत भएको छ । सिटिजन्स बैंकमा गाभिएपछि सिटिजन्स बैंकको नाममा सूचिकृत भएको हो । सिर्जना फाइनान्स १ बराबर ०.९५ शेयरको अनुपातमा सिटिजन्स बैंकसँग गाभिएको थियो । एक्वीजिसन प्रकृया सकिएसँगै नेप्सेले सोहि अनुकार कायम हुन आउने ९१ लाख ४८ हजार ८२२ कित्ता शेयर आगामि आइतबारदेखि कारोबार हुन सक्ने गरी नेप्सेमा सूचीकरण गरेको हो ।
प्रतिक्रिया