काठमाडौं - मेरापिक क्षेत्रमा बेपत्ता आरोही छेतेन शेर्पाको खोजीमा खटिएका अन्तर्राष्ट्रिय माउण्टेन गाइड ३४ वर्षीय मन्दिप गुरुङलाई हेलिकोप्टरमार्फत उद्धार गरिएको छ।
शुक्रबार मेरापिकको खारेमा आराम गरिरहेको संखुवासभाका ३४ वर्षीय गुरुङको स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि अक्सिजन दिएर राखिएको थियो ।
उनलाई शनिबार बिहान कैलाश एयरको हेलिकोप्टरमार्फत उद्धार गरिएको एडभेन्चर भिक्टोरीका सञ्चालक लक्ष्मण मिसन कार्कीले जानकारी दिए ।
सोलु दुधकुण्ड नगरपालिका-३ का २९ वर्षीय छेतेन शेर्पाको खोजीका लाग िअत्याधुनिक मेसिनसहित अन्तर्राष्ट्रिय टोली कात्तिक ९ गते मेरापिक क्षेत्रमा पुगेको थियो । उद्धार टोलीले खोजी कार्य जारी राखे पनि शेर्पाको अवस्था अझै अज्ञात छ ।
उक्त टोलीले आइतबार अन्तिम पटक खोजी गर्ने कम्पनीले जनाएको छ ।
प्रतिक्रिया