साइप्रसले माग्यो नेपाली कामदार, मासिक तलब एक लाख २४ हजार बढि

४ बर्ष अगाडि

काठमाडौं - साइप्रसको एक कम्पनीले नेपाली कामदारको माग गरेको छ । साइप्रस सहरमा रहेको ansot employment services limited कम्पनीले कुकका लागि २ जना पुरुष कामदारको माग गरेको हो । 

न्यूनतम योग्यता सम्बन्धित काममा दक्ष हुनु पर्ने छ । कामदारले हप्तामा ६ दिन र दैनिक ८ घण्टा काम गर्नु पर्ने छ । करार अवधि २ वर्षे रहेको छ । कम्पनीको नियमअनुसार कामदारले वार्षिक बिदा पनि पाउने छन् ।

कामदारले तलब खान बस्न सहित एक लाख २४ हजार माथि पाउने छन् । इच्छुक कामदारले सुन्दर नेपाल ओभरसिज प्रालिको कार्यालय सिनामंगल काठमाडौंमा कार्तिक १९ गते अन्तरवार्ता दिनु पर्ने छ । 

स्वदेशमा हुने जीवन बिमा, स्वदेशमा हुने मेडिकलको खर्च र भिसा स्ट्याम्पीङ शुल्क, विदेशमा हुने बिमा शुल्क, विदेशमा गरिने मेडिकल खर्च, हवाई टिकट र भिसा शुल्क रोजगारदाता कम्पनीले बेहोर्ने छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया