काठमाडौं - वैदेशिक रोजगारीमा गएका कामदारको सम्मानजनक स्वदेश दीगो पुनःएकीकरणमा जोड दिँदै स्वदेश फिर्ता आप्रवासी कामदाहरूको सम्मेलन सम्पन्न भएको छ ।
स्वदेश फिर्ता भएका श्रमिकको पुनःएकीकरणलाई कसरी प्रभावकारी बनाउन सकिन्छ भन्ने विषयलाई मध्यनजर गर्दै सुरक्षित आप्रवासनका लागि राष्ट्रिय सञ्जालले काठमाडौंमा दुईदिने सम्मेलन आयोजना गरेको थियो ।
सम्मेलनले वैदेशिक रोजगारबाट फर्केका श्रमिकहरूका आवाज सुन्ने, पुनःएकीकरणसम्बन्धी हाल भइरहेका कार्यक्रमहरूका बारेमा जानकारी आदान प्रदान गर्ने, पुनःएकीकरणमा देखिएका समस्या पहिचान गर्ने र समाधानका लागि सम्बन्धित निकाय एवं सरोकारवालालाई सझाव प्रस्तुत गर्दै १९ बुँदे काठमाडौं घोषणापत्र जारी गरेको छ ।
त्यसैगरी सम्मेलनले विदेशबाट फर्केका श्रमिकको सीप परीक्षण तथा प्रमाणीकरणको व्यवस्था गरी प्राप्त ज्ञान, सीप तथा अनुभवको भरपुर सदुपयोग हने गरी काम र सेवा सुविधा उपलब्ध गराइनुपर्ने, भारतलगायत विदेशबाट फर्केका श्रमिकको खण्डिकृत तथ्यांक राखिनुपर्नेमा जोड दिएको छ ।
प्रतिक्रिया