काठमाडौं - क्रूज ड्रग्स प्रकरणमा पक्राउ परेका बलिउड अभिनेता शाहरुख खानका छोरा आर्यन खान रिहा हुँदैछन् । गत अक्टोबर २ मा आर्यनसहित आठ जनालाई मुम्बईस्थित नार्कोटिक्स कन्ट्रोल ब्युरोले पक्राउ गरेर मुद्दा चलाएको थियो ।
आर्यनको जमानत भए पनि औपचारिकता बाँकी रहेकाले उनी अझै मुम्बईस्थित आर्थर रोड जेलमा रिहाइको पर्खाइमा छन् । आज बिहान १० बजे कारागार खुलेपछि उनी बिहान नै ११ बजेसम्म रिहा हुने ठानिएको छ ।
आर्यनको जमानतका लागि बम्बई उच्च अदालतले १४ वटा शर्त राखेको छ । शुक्रबार दिउँसो न्यायाधीश एन। डब्लु साम्ब्रेले पाँच पृष्ठ लामो आदेशमा हस्ताक्षर गर्दै आर्यनका लागि शर्त तोकिएको द वायरले लेखेको छ ।
द वायरका अनुसार आर्यनको औपचारिक जमानत भइसकेको छैन । लागुपदार्थ मुद्दामा पक्राउ परेका उनी बीस दिनपछि, बिहीबार मुम्बईको आर्थर जेलबाट बाहिर आएका हुन् । उनको सुनुवाइ चलिरहेको छ । तर शुक्रबार यसबारे औपचारिक फैसला हुन सकेन ।
समयमै आवश्यक कागजातहरू पुग्न नसकेका कारण उनको जमानतमा ढिलाइ भएको बताइएको छ । योसँगै उनले उच्च अदालतले राखेका १४ शर्त पूरा गर्नुपर्नेछ ।
उनले पूरा गर्नुपर्ने केही शर्त यस्ता छन्ः
आर्यन अदालतको अनुमतिबिना विदेश जान पाउने छैनन् ।
उनले आफ्नो पासपोर्ट विशेष अदालतमा बुझाउनुपर्नेछ ।
आर्यनले आफ्नो मुद्दासँग जोडिएका अरू आरोपीसँग सम्पर्क गर्न पाउने छैनन् ।
त्यस्तै विशेष अदालतको कामकारवाही प्रभावित गर्ने प्रयास गर्न पनि पाउने छैनन् ।
उनले कुनै पनि सञ्चारमाध्यममा अभिव्यक्ति दिन पाउने छैनन् ।
आर्यनले मुम्बई छाडेर बाहिर कतै जानुपरे मुद्दासँग सम्बन्धित अधिकारीहरूलाई जानकारी गराउनुपर्नेछ ।
अदालतको सुनवाइमा उपस्थित हुनुपर्नेछ ।
आवश्यक परेका खण्डमा जाँचमा सहयोग गर्नुपर्नेछ ।
यसबाहेक अन्य केही शर्त उनको जमानतका लागि राखिएको छ । उनले यी शर्तमध्ये कुनै एक मात्र उल्लंघन गरे पनि उनको जमानत रिहा हुने सञ्चारमाध्यमहरूले लेखेका छन् । आर्यनलाई पार्टीका लागि तयार एक क्रुज सिपबाट पक्राउ गरिएको हो । उनको साथमा ड्रग्स नभेटिएको र उनले सेवन नगरेको भनिए उनको २ पटक जमानत रद्द गरिएको थियो ।
प्रतिक्रिया