चर्चित पूर्वइन्सपेक्टर सीताराम हाछेथु नयाँ ‘अवतार’मा

७ बर्ष अगाडि

काठमाडौं–सामान्यतया ट्याटुमा विभिन्न चित्र र प्यारो व्यक्तिका नाम उतारिन्छ । तर पूर्वप्रहरी निरीक्षक सीताराम हाक्षेथुको हातमा भने फरक खालको ट्याटु छ । उनले नाडीमा बनाएको ट्याटुमा लेखिएको छ–ट्राफिक नियम पालना गरौं ।
नयाँ पत्रिका दैनिक लेख्छ–२९ वर्ष प्रहरी सेवामा बिताएर हालै अवकास पाएका यी ‘सेलिब्रेटी ट्राफिक प्रहरी’ ले ट्राफिक नियमबारे सचेत गराउन नयाँ शैली अपनाएका हुन् । 
गत सातामात्रै उनले यस्तो ट्याटु बनाएका हुन् । ‘ट्राफिक नियमको पालनाको महत्व बुझाउन यस्तो ट्याटु बनाएका हुँ’, उनले भने, ‘ट्राफिक नियम पालनाको नारा सामान्य लाग्न सक्छ, तर यसबाट धेरैको ज्यान जोगाउन पनि सकिन्छ ।’
 

७ बर्ष अगाडि

प्रतिक्रिया