जुम्ल्याहा सन्तानका बुवा बन्दै क्रिस्टियानो रोनाल्डो

४ बर्ष अगाडि

एजेन्सी - फुटबल खेलाडी क्रिस्टियानो रोनाल्डो फेरि जुम्ल्याहा सन्तानका बुवा बन्दैछन् । उनकी प्रेमिका जोर्जिना रोड्रिगेजले जुम्ल्याहा बच्चा पाउने भएकी हुन् । 

बिहीबार रोनाल्डोले आफ्नो इन्स्टाग्राममा तस्वीर राख्दै आफूहरू जुम्ल्याहा बच्चा पाउने आशमा रहेको बताएका ‍हुन् । उनले आफ्नी प्रेमिका रोड्रिगेजसँग मुस्कुराउँदै सोनोग्राफी रिपोर्ट देखाइरहेको तस्वीर सार्वजनिक गरेका हुन् ।  जसमा जुम्ल्याहा बच्चा भएको देखिन्छ ।    

रोनाल्डो रोड्रिगेजसँग सन् २०१६ देखि सम्बन्धमा छन् । उनीहरूको भेट म्याड्रिडस्थित एउटा गुची ब्रान्डको पसलमा भएको थियो । जहाँ मोडल रोड्रिगेज काम गर्थिन् । 

रोनाल्डोका अहिले चार बच्चा छन् । ११ वर्षीय क्रिस्टियानो जुनियर, चार वर्षका जुम्ल्याहा मारिया र मेटियो र तीन वर्षीया छोरी अलाना मार्टिना उनका चार बच्चा हुन् ।

४ बर्ष अगाडि

प्रतिक्रिया