यस साता नेप्सेमा उत्साहजनक वृद्धि, औसतमा ५.०८ अर्ब रुपैयाँको शेयर किनबेच

४ बर्ष अगाडि

काठमाडौं, करिब २ महिना अवधिमा झन्डै ७ सय अंकले फ्रि फल भएको शेयर बजार द्रुत गतिले वृद्धि हुने क्रम पनि सुरु भएको छ । नेप्से करिब २२५ अंकले रिकोभर भइसकेको छ । 
खरिदबिक्री रकम पनि क्रमशः बढ्दोक्रममा देखिएको छ ।

केही सातादेखिको निरन्तर करेक्सनपछि यस साता भने नेप्सेमा उत्साहजनक वृद्धि भएको छ । यस साता नेप्से ८.८१ प्रतिशतले बढेर २७८२.१७ विन्दुमा बन्द भएको छ ।

साताभर शेयर कारोबार रकम बढ्दो क्रममा देखिएको छ । बुधबार साताकै उच्च ६.६१ अर्ब रुपैयाँको शेयर कारोबार भएको छ भने सबैभन्दा थोरै आइतबार २.७७ अर्ब रुपैयाँको खरिदबिक्री भएको थियो । यस साता औसतमा ५.०८ अर्ब रुपैयाँको शेयर किनबेच भएको छ । 

यस सातौ सूचीकृत सबै समूहमा चमक आएको छ । केही समूहमा दोहोरो अंकको वृद्धि देखिएको छ । फाइनान्स समूह सबैभन्दा धेरै १९.६७ प्रतिशतले बढेको छ । त्यसपछि, जलविद्युत समूह १६.९० प्रतिशत र विकास बैंक समूह १३.४६ प्रतिशतले बढेका छन् ।

बेस्ट फाइनान्सको शेयर भाउमा उच्च वृद्धि भएको छ । यसको भाउ ४६.१३ प्रतिशतले बढेको छ । त्यसपछि, नेपाल हाइड्रो डेभलपर ४२.१६ प्रतिशत र न्यादी ग्रुप पावर ३७.२४ प्रतिशतले बढेको छ ।

यस साता मेरो माइक्रोफाइनान्सको शेयर भाउ साताकै उच्च १३.२२ प्रतिशतले घटेको छ । त्यसपछि, गुराँस लघुवित्त ३.६३५ प्रतिशत र एनआइबीएल समृद्धि फन्ड–२ को भाउ ३.०६ प्रतिशत ले घटेको छ ।
 

४ बर्ष अगाडि

प्रतिक्रिया