तिहारका लागि ५० प्रतिशत कम विद्युतीय बत्तिको आयात, २० देखि २५ प्रतिशत सम्म मूल्य बढ्ने

४ बर्ष अगाडि

काठमाडौं, तिहारका लागि अघिल्लो वर्षको तुलनामा यो वर्ष ५० प्रतिशत कम विद्युतीय बत्ति आयात भएको छ । ५० प्रतिशत कम विद्युतीय बत्ति आयात  भएसंगै उपभोक्ताले अघिल्लो वर्षभन्दा २५ प्रतिशतसम्म बढी रकम खर्चनुपर्ने भएको छ ।

यस वर्ष देशभरका लागि ३५ करोड भन्दा बढी रकमको विद्युतीय बत्ती आयात भएको छ । जुन गत वर्षको तुलनामा ५० प्रतिशत कम हो ।

नेपालमा अधिकांश विद्युतीय बत्ती (झिलिमिली) चीन, केही भारतबाट र नगन्य मात्रमा इन्डोएसिया, थाइल्यान्ड, मलेसिया लगायतका देशहरुबाट आयात हुने गरेको छ ।  पछिल्लो केही वर्षयता लोडसेडिङ हटेपछि विद्युतीय बत्ती बाल्नेको संख्या बढ्दै जान थालेको छ । शहर बजार तथा गाउँघरमा आजकाल यस्ता बत्तीहरु ज्यादा खपत हुन थालेको छ । अझै लोडसेडिङको समस्या हटेपछि विद्युतीय बत्तिमा मानिसहरुको आकर्षण अत्यधिक रहेको पाइन्छ ।

यस्तै, गत वर्षको तुलनामा यो वर्ष २० देखि २५ प्रतिशतको हाराहारीमा मूल्य बढेको छ।

आयात हुने झिलिमिली बत्ति ६० प्रतिशत संघीय राजधानी काठमाण्डौंमा नै खपत हुने गरेको छ भने बाँकी देशका अन्य जिल्लाहरुमा खपत हुन्छ । आयात हुने बत्ति तिहारका लागी पुग्दो आए तिहारमा र बढी भए अन्य समयहरु जस्तै, अंग्रेजी नयाँ वर्ष, छठ, नेपाली नयाँ वर्षमा, विवाह तथा ब्रतबन्धमा खपत हुने गरेको छ ।

तिहारमा बालिने झिलीमिली बत्ती ६० देखि ४ हजार रुपैयाँसम्ममा बिक्री हुने गरेको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया