काठमाडौं, केराउ, मरिच, छोकडा र सुपारी आयातमा लगाएको विदेशी मुद्रा सटही प्रतिवन्ध परिमाणात्मक रुपमा खुला भएको छ ।
सरकारले यी सामान पैठारीमा लगाएको पूर्ण बन्देज हटाई कोटा निर्धारण गरेको हो । जसअनुसार चालु आर्थिक वर्षमा केराउ ८० हजार मेट्रिक टन, सुपारी २५ हजार मेट्रिकटन, छोकडा ५ हजार मेट्रिक टन र नधुल्याएको मरिच १५ हजार मेट्रिक टन विदेशबाट आयात गर्न सक्ने परिमाणात्मक बेन्देज छ । सोही व्यवस्थाको अधिनमा रहेर विदेशी मुद्रा सटही गर्न सकिने केन्द्रीय बैंकले जनाएको छ ।
साथै, ५० हजार अमेरिकी डलर भन्दा बढीको मूल्यको सवारी साधनका पैठरीम लगाएको पूर्ण बन्देजलाई हटाइएको हुँदा सोही व्यवस्थाको अधिनमा रहेर विदेशी मुद्रा सटही गर्न सकिने केन्द्रीय बैंकको भनाइछ । राष्ट्र बैंकको एकिकृत परिपत्रमा भनिएको छ, ‘परिमाणात्मक बन्देजको सीमा तोकिएका बस्तुको हकमा कोटा प्राप्त गर्ने आयातकर्ताले इजाजतपत्रमा उल्लेखित म्यादभित्र चलान गराएको वा गराउने आधारमा त्यस्तो बस्तुहरु पैठारीको लागि सटही सुविधा प्रदान गर्न सकिनेछ ।’
प्रतिक्रिया