विश्वकप टी-२० : आज दुई खेल हुँदै, लगातार तेस्रो जितको खोजीमा पाकिस्तान

४ बर्ष अगाडि

एजेन्सी - टी-२० क्रिकेटमा आज दुई खेल हुँदैछ । सारजाहमा हुने पहिलो खेलमा वेस्ट इन्डिज र बंगलादेशबीच प्रतिस्पर्धा हुनेछ।

वेस्ट इन्डिज र बंगलादेशबीचको खेल दिउँसो पौने चार बजे सुरु हुनेछ । वेस्ट इन्डिज र बंगलादेश आज पहिलो जितको खोजीमा हुने छन् । समूह १ मा रहेको वेस्ट इन्डिज अंकविहीन रहदै पुछारमा रहेको छ ।

यस्तै आजै हुने दोस्रो खेलमा पाकिस्तान र अफगानिस्तानबीच प्रतिस्पर्धा हुनेछ । पाकिस्तान र अफगानिस्तानबीचको खेल राति पौने आठ बजे सुरु हुनेछ ।

पाकिस्तान लगातार तेस्रो जितको खोजीमा हुनेछ । पाकिस्तानले अघिल्ला दुई खेलमा जित निकालेको थियो । पाकिस्तान २ खेलमा ४ अंक जोडेर समूह २ को शीर्ष स्थानमा रहेको छ । अफगानिस्तान भने दोस्रो जितको खोजीमा हुनेछ ।

४ बर्ष अगाडि

प्रतिक्रिया