एजेन्सी - कलाकारहरू फ्यान क्रेजका कारण बडिगार्डको सुरक्षा घेरामा रहने गर्छन् । मिडियाले हरेक समय घेर्नेदेखि फ्यानको क्रेजी क्रियाकलापले कहिलेकाँही कलाकारहरूलाई हैरान बनाउँछ ।
यसैले, उनीहरु बडिगार्डको सुरक्षा घेराभित्र आफूलाई सुरक्षित महसुस गर्छन् । यही कारण बलिउडका अधिकाम्स कलाकारहरूले महँगो रकम तिरेर बडिगार्ड राख्ने गरेका छन् ।
अमिताभ बच्चन
बलिउडका नायक अमिताभ बच्चनका बडिगार्ड जितेन्द्र सिडेले वार्षिक १ करोड २० लाख पारिश्रमिक बुझ्ने गरेको भारतीय मिडियाले उल्लेख गरेका छन् ।

सलमान खान
बलिउड अभिनेता सलमान खानका बडिगार्ड गुरमित सिंह उनीसँग हरेक समय देखिन्छन् । ‘शेरा’ उपनामले परिचित गुरमितका लागि सलमान वार्षिक २ करोड पारिश्रमिक दिन्छन् । शेरा सलमानको परिवारसँग पनि निक्कै नजिक छन् ।
साहरुख खान
बलिउडमा बडिगार्डका लागि सबैभन्दा महँगो रकम तिर्ने स्टारमा पर्छन् साहरुख खान । साहरुखको साथमा हरेक समय देखिन्छन्, रवि । रवि साहरुखको परिवारसँग पनि निक्कै नजिक छन् । उनै, रविलाई साहरुख एक वर्षको साढे २ करोड पारिश्रमिक दिन्छन् ।

दीपिका पादुकोण
बलिउड अभिनेत्री दीपिका पादुकोणले आफ्ना बडिगार्ड जलालका लागि वार्षिक ८० लाख रुपैयाँ पारिश्रमिक दिने गरेकी छिन् ।

कट्रिना कैफ
बलिउड अभिनेत्री कट्रिना कैफको फ्यान क्रेज पनि लोभलाग्दो छ । यसैले, उनी पनि भिडबाट बच्नका लागि बडिगार्डको सुरक्षा घेराभित्र देखिन्छिन् । कट्रिनाका बडिगार्ड दिपक सिंहले वार्षिक १ करोड पारिश्रमिक बुझ्ने गरेका छन् ।

अक्षय कुमार
बलिउड अभिनेता अक्षय कुमार पनि सुरक्षा घेरा भित्र हिड्ने गर्दछन् । उनले, आफ्ना बडिगार्ड श्रीयस थेलेका लागि वार्षिक १ करोड २० लाख पारिश्रमिक तिर्ने गर्दछन् ।

ऋतिक रोशन
बलिउड अभिनेता ऋतिक रोशनले आफ्ना बडिगार्ड मयुर सेट्टीगरका लागि वार्षिक १ करोड २० लाख पारिश्रमिक दिने गरेका छन् ।
श्रद्धा कपुर
बलिउड अभिनेत्री श्रद्धा कपुरका बडिगार्ड अतुलले वार्षिक ९५ लाख चार्ज गर्ने गरेको भारतीय मिडियाले उल्लेख गरेका छन् ।

प्रतिक्रिया