सुनील सेट्टीले नेपाली चलचित्र ‘एक्स-९’ का लगि १२ दिन समय दिने, पारिश्रमिक कति ?

४ बर्ष अगाडि

एजेन्सी - ‘एक्स–९’ चलचित्रमा अभि नयका लागि सुनील नेपाल आउने निश्चित भएको छ । एक्सन थ्रिलर उक्त चल चित्रमा सुनीलले १२ दिन अभिनयका लागि समय दिएको निर्माण पक्षले जानकारी दिएको छ । 

निर्देशक मुकुन्द भट्टका अनुसार ६ दिन नेपालमा र बाँकी ६ दिन स्कटल्यान्डमा सुनीनले सुटिङ गर्ने छन् । छायांकन तथा आउने–जाने समय र केही दिनको नेपाल घुम घाम गरेर एक्स–९ ले सुनीलको २० दिन समय लिनेछ । 

निर्माण पक्षले कति पारिश्रमिकमा सुनीललाई अनुबन्ध गरिएको भन्ने सार्वजनिक गरेको छैन । निर्देशक भट्टले पनि पारिश्रमिक खुलाउन चाहेनन् । तरफ उनले मोटो रकममा सम्झौता भएको बताए । 

नेपाली चलचित्र आफैँमा सानो क्षेत्र र सीमित बजार भएका कारण सहयोगस्वरूप आफूले लिँदै आएकोभन्दा कम पारिश्रमिकमा काम गर्न सुनील तयार भएका हुन् । औसतमा नेपाली चलचित्र निर्माण लागतका हिसाबले भने एक्स–९ मा मोटो रकम खर्च हुँदै छ ।

निर्देशक भट्टका अनुसार यसमा करिब १२ करोड रुपैयाँ खर्च हुनेछ । नेटफ्ल्क्सि, अमेजन अथवा हटस्टार लगायत डिजिटल प्लेटफर्ममा चलचित्र रिलिजका लागि आफूले बलिउडको ठूलो अनुहारलाई लिएर चलचित्र बनाउन लागेको निर्देशक भट्ट बताउँछन् । 

यसका लागि हलिउडबाट नायिका लिने तयारी गरिरहेको उनले जानकारी दिए । हलिउडका चर्चित वेब सिरिजमा काम गरिरहेकी नायिकासँग अनुबन्धका लागि तयारी भइरहेको उनले बताए ।

एक्स–९ आउँदो फेब्रुअरीबाट छायांकन हुनेछ । चलचित्रमा सुनीलको छायांकनको सिन सुदूरपश्चिम प्रदेशको विभिन्न क्षेत्रमा छ । बडिमालिका, खप्तड, बैतडीको पाटन र कैलालीका विभिन्न क्षेत्रमा सेट्टीको छायांकन हुनेछ । 

सुनीललाई नेपालका पर्यटकीय क्षेत्र भ्रमण पनि गराउने निर्माण पक्षको योजना छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया