काठमाडौं, भारतीय सेयर बजारमा बिहीबार भारी गिरावट देखिएको छ । यससँगै भारतको प्रमुख सेयर बजार सूचक बीएसई सेन्सेक्स ६० हजार विन्दुभन्दा तल झरेको छ । सेन्सेक्स बिहीबार एकै दिन १,१५८.६३ अंकले घटेर ५९,९८४.७० विन्दुमा आएको छ ।
भारतको अर्को सेयर बजार सूचक निफ्टी ५० पनि १.९४ प्रतिशतले घटेर १७,८५७.२५ विन्दुमा बन्द भएको छ । पछिल्लो समय उच्च वृद्धि भइरहेको भारतीय सेयर बजार विगत एक सातादेखि करेक्सनमा गएको छ ।
प्रतिक्रिया