काठमाडौं, रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको वार्षिक साधारण सभा आज शुक्रबार कात्तिक १२ गते बस्दैछ ।
सभा कम्पनीको केन्द्रीय कार्यालय थापाथली काठमाडौंमा भर्चुवल माध्यमबाट बिहान ११ बजे सुरु हुनेछ । सभामा कम्पनीले रैराङ हाइड्रोपावरलाई मर्जर वा एक्विजिसन गर्ने बारे निर्णय गर्ने प्रस्ताव अघि सारिएको छ । कम्पनीले १२.६ प्रतिशत नगद लाभांश (करसहित) दिने घोषणा गरेको छ ।
यो प्रस्ताव साधारण सभाले पारित गर्ने एजेन्डा रहेको छ । आर्थिक वर्ष २०७७/७८ को वासलात, नाफा/नोक्सान र नगद प्रवाहमाथि छलफल हुनेछ । आर्थिक वर्ष २०७८/७९ को लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने लगायतका एजेन्डा पनि राखिएको छ । सभा प्रयोजनका लागि यसले कात्तिक २ गते एकदिन बुक क्लोज गरिसकेको छ ।
प्रतिक्रिया