काठमाडौं - मध्य भोटेकोशी जलविद्युत कम्पनी लिमिटेडले असोज २० गतेबाट असोज २५ गतेसम्म सर्वसाधारणका लागि निष्कासन गरेको साधारण सेयर (आईपीओ) को बाँडफाँड आज सम्पन्न भएको छ ।
मागभन्दा धेरै आवेदन परेको हुनाले आईपीओ गोलाप्रथाद्वारा बाँडफाँड गरिएको छ । अन्तिम दिनसम्म २३ लाख ९० हजार २ सय १८ जना आवेदकले आवेदन दिएका थिए । जसमध्ये ९५ हजार ७ सय २२ जनाको आवेदन रद्द भएको छ ।
योग्य आवेदकको संख्या २२ लाख ९४ हजार ४ सय ९६ जना रहेको थियो । जस अनुसार ८ लाख १९ हजार जनाले मात्र १० कित्ताको दरले सेयर प्राप्त गरेका छन् । बाँकी १५ लाख ७१ हजार २ सय १८ जना आवेदकको हात खाली भएको छ ।
कम्पनीले प्रतिकित्ता १०० रूपैयाँ अंकित दरमा ९० करोड रुपैयाँ बराबरको ९० लाख कित्ता साधारण सेयर (आईपीओ) निष्कासन तथा बिक्री खुल्ला गरेको थियो ।
आईपीओ बाँडफाँडको काम सम्पन्न भईसकेको भएपनि डाटा अपलोड गर्न केही समय लाग्ने भएकाले आईपीओको नतिजा हेर्न भने केही समय कुर्नुपर्ने हुन्छ । रिजल्ट सार्वजनिक भएपछि कम्पनीको आईपीओको नजिता ४ तरिकाबाट हेर्न सकिन्छ ।
सिडिएस एण्ड क्लियरिङ लिमिटेडले सञ्चालनमा ल्याएकाे (https://iporesult.cdsc.com.np/) नामक वेभसाइटबाट, ग्लाेबल आईएमइ क्यापिटलकाे वेभसाइट (https://www.globalimecapital.com/) , मध्य भोटेकोशी जलविद्युत कम्पनी लिमिटेडकाे वेभसाइट (http://mbjcl.com.np/site/index.php) र मेराे सेयरमा गई आफुले आईपीओमा आवेदन गर्दाको एप्लिकेसन रिपोर्टमा गएर त्यहाँबाट हेर्न सकिन्छ ।
प्रतिक्रिया