रिडी हाइड्रोपावरले १२.६ प्रतिशत लाभांश आज पारित गर्ने

४ बर्ष अगाडि

काठमाडौं - रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको वार्षिक साधारण सभा आज हुने भएको छ । सभा कम्पनीको केन्द्रीय कार्यालय थापाथली काठमाडौंमा भर्चुवल माध्यमबाट बिहान ११ बजे सुरु हुनेछ । 

सभामा कम्पनीले रैराङ हाइड्रोपावरलाई मर्जर वा एक्विजिसन गर्ने बारे निर्णय गर्ने एजेन्डा अघि सारिएको छ । कम्पनीले १२।६ प्रतिशत नगद लाभांश (करसहित) दिने घोषणा गरेको छ ।

उक्त प्रस्ताव साधारण सभाले पारित गर्ने एजेन्डा रहेको छ । आर्थिक वर्ष २०७७/७८ को वासलात, नाफा–नोक्सान र नगद प्रवाहमाथि छलफल हुनेछ । आर्थिक वर्ष २०७८/७९ को लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने लगायतका एजेन्डा पनि राखिएको छ ।  

४ बर्ष अगाडि

प्रतिक्रिया