श्रम सम्झौताको प्रभावकारी कार्यान्वयन गर्न युएईमा रहेका नेपालीको माग

४ बर्ष अगाडि

काठमाडौं -  ‘आबुधावी डायलग’मा सहभागी हुन संयुक्त अरब इमिरेट्स (यूएई) भ्रमणमा रहेका श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ र यूएईका मानव संशाधन मन्त्री डा अव्दुलरहमान अव्दुलमानन अल अवार बीच भेटवार्ता भएको छ । 

बुधबार भएको भेटमा मन्त्री श्रेष्ठले यूएईमा कार्यरत नेपाली श्रमिकको हक हित र सामाजिक सुरक्षाका विषयमा यूएईका मानव संशाधन मन्त्री अवारसँग छलफल गरेका थिए । 

उक्त क्रममा नेपाल– यूएई द्विपक्षीय बैठक आयोजना गर्ने, यूएई जाने नेपाली कामदार लक्षित सीपमूलक तालिम संचालन गर्ने, इन्जिजियर, डाक्टर, नर्सलगायत दक्ष र प्राविधिक कामदार यूएई पठाउने, सामाजिक सुरक्षा योजना विस्तार गर्ने लगायत विषयमा छलफल भएको श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ । 

नेपाली टोलीले आबुधावीमा अन्य कूटनीतिक भेटवार्ता गरेको छ । नेपाली श्रमिकले वैदेशिक रोजगारीका क्रममा भोग्दै आएका समस्या समाधानमा केन्द्रित रहेर श्रम मन्त्रालयका सचिव सूर्यप्रसाद गौतमले कतार, साउदी अरेविया र मलेसियाका समकक्षीसँग छुट्टाछुट्टै भेटवार्ता भएको थियो ।


 

४ बर्ष अगाडि

प्रतिक्रिया