काठमाडौं - श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले सरकारले वैदेशिक रोजगार क्षेत्रलाई मर्यादित, सुरक्षित र व्यवस्थित बनाउने अभियान अगाडि बढाएको बताएका छन् ।
'आबुधावी डायलग’को छैटौँ मन्त्रीस्तरीय बैठकमा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै संयुक्त अरब इमिरेट्स (यूएई) आएका मन्त्री श्रेष्ठले बिहीबार यहा‘स्थित नेपाली समुदायसँगको छलफलमा विदेशमा रहेका नेपाली श्रमिकको हक अधिकारको लागि सरकारले आवाज उठाउँदै आएको बताए ।
मन्त्री श्रेष्ठले प्रवासी नेपाली श्रमिकका श्रम अधिकार तथा सीप विकासका विषयमा यूएईका मानव संशाधन मन्त्री डा अव्दुलरहमान अव्दुलमानन अल अवारसँग भएको छलफल उपलब्धिमूलक भएको मन्त्री श्रेष्ठले बताए ।
कार्यक्रममा सहभागी नेपाली श्रमिकहरुले कोभिड महामारीका कारण थुप्रै नेपाली समस्यामा परेको बताएका थिए । उनीहरुले नेपाल र यूएईबीच भएको श्रम सम्झौताको प्रभावकारी कार्यान्वयनका लागि सरकारको ध्यानाकर्षण गराएका थिए ।
प्रतिक्रिया