मध्य भोटेकोशी आईपिओ भोलि बाँडफाँड हुदैँ, ८ लाख १९ हजारले आईपिओ पाउने

४ बर्ष अगाडि

काठमाडौं, मध्य भोटेकोशी जलविद्युत कम्पनीले सर्बसाधारणलाई निष्काशन गरेको आईपिओ भोलि शुक्रबार बाँडफाँड हुने भएको छ । बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलले शुक्रबार बिहान ९ बजे नक्साल स्थित क्यापिटल कै कार्यालयमा शेयर बाँडफाँड गर्ने तयारी गरेको हो ।  

कम्पनीले सर्बसाधारणलाई ९० लाख कित्ता शेयर निष्काशन गरेको हो । ९० लाख कित्ता मध्ये ३ लाख ६० हजार कित्ता अर्थात सर्वसाधारणमा निष्काशन हुने शेयरको ४ प्रतिशत शेयर कम्पनीका कर्मचारीहरुलाई छुट्याईएको थियो । त्यस्तै ४ लाख ५० हजार कित्ता अर्थात सर्वसाधारणमा निष्कासन हुने शेयरको ५ प्रतिशत शेयर सामूहिक लगानी कोषको लागि सुरक्षित गरिएको थियो। बाँकी रहेको ८१ लाख ९० हजार कित्ताको लागि सर्वसाधारणले आवेदन दिएका हुन् । 

यस आईपिओमा मा ४.५६ गुणा बढीको आवेदन परेको छ। आवेदन दिने अन्तिम दिन सम्ममा आईपिओमा २४ लाख ७६ हजार ४ सय ८१ आवेदकबाट ३ करोड ७३ लाख ४८ हजार ४० कित्ताको लागि आवेदन परेको हो ।  माग भन्दा बढीको आवेदन परिसकेकोले यो आईपिओ गोलाप्रथाबाट नै बाँडफांड हुने छ । यस हिसाबमा गोलाप्रथाबाट ८ लाख १९ हजार जना आवेदकले १० कित्ताको दरले यो आईपिओ पाउने छन् । 

४ बर्ष अगाडि

प्रतिक्रिया