आज उच्च कारोबार गर्ने १० ब्रोकर :  अग्र स्थानमा नाशा, कुनको कतिको कारोबार ?

४ बर्ष अगाडि

काठमाडौं, बढ्दो शेयर बजारमा केही ब्रोकर कम्पनीहरुले उच्च कारोबार गर्न सफल भएका छन्। उच्च कारोबार गर्ने १० ब्रोकरमा आज नाशा, अनलाइन, इम्पेरियल, भिजन, एबीसी, दीपशिखा, सनी, आर्यतारा, अग्रवाल र श्री कृष्ण सेक्युरिटिज परेका छन्।

उच्च कारोबार गर्ने १० ब्रोकर कम्पनीमध्ये नाशा (स्टक ब्रोकर नं. ५८) अग्र स्थानमा छ। यो ब्रोकर कम्पनीले आज ४४ करोड ५९ लाख रुपैयाँ बढीको शेयर किनेको छ। नाशाले ३७ करोड ६७ लाख रुपैयाँको शेयर बेचेको छ। 

यसैगरी उच्च कारोबार गर्ने ब्रोकरहरुको सूचीको दोस्रो स्थानमा अनलाइन सेक्युरिटिज (स्टक ब्रोकर नं. ४९) रहेको छ। यसले २६ करोड ४ लाख रुपैयाँ शेयर किनेको छ भने २२ करोड ४५ लाख रुपैयाँको बेचेको छ।

तेस्रो स्थानमा इम्पेरियल (स्टक ब्रोकर नं. ४५) रहेको छ। २६ करोड ७८ लाख रुपैयाँको शेयर किनेको इम्पेरियलले १९ करोड ६ लाख रुपैयाँको शेयर बेचेको छ।

उच्च कारोबार गर्ने चौथो ब्रोकर कम्पनीमा भिजन (स्टक ब्रोकर नं. ३४) रहेको छ। यसले १७ करोड ५१ लाख रुपैयाँ रुपैयाँको शेयर किनेको छ भने २७ करोड ६९ लाख रुपैयाँको बेचेको छ। 

पाँचौँ स्थानमा एबीसी (स्टक ब्रोकर नं. १७) रहेको छ। एबीसीले १२ करोड ९८ लाख रुपैयाँ सेयर किनेको छ भने २८ करोड ५८ लाख रुपैयाँको शेयर बेचेको छ। 

दीपशिखा (स्टक ब्रोकर नं. ३८) छैटौँ स्थानमा छ। यो ब्रोकर हाउसले २१ करोड ७६ लाख रुपैयाँ सेयर किनेर १७ लाख ५८ हजार रुपैयाँको बेचेको छ। 

उच्च कारोबार गर्ने १० ब्रोकर कम्पनीमध्ये सनी (स्टक ब्रोकर नं. ४२), आर्यतारा (स्टक ब्रोकर नं।. ५७), अग्रवाल (स्टक ब्रोकर नं. ६) र श्री कृष्ण (स्टक ब्रोकर नं. २८) क्रमशः सातौँदेखि १० औँ स्थानसम्म छन्। 

सनी, आर्यतारा, अग्रवाल र श्री कृष्णले आज क्रमशः १५ करोड ९८ लाख रुपैयाँ, १७ करोड ३० लाख रुपैयाँ, १६ करोड ११ लाख रुपैयाँ र १७ करोड ६५ लाख रुपैयाँ शेयर किनेका छन्। 

यसैगरी आज सनीले २२ करोड ९३ लाख रुपैयाँ, आर्यताराले २१ करोड ७ लाख रुपैयाँ, अग्रवालले १७ करोड ५७ लाख रुपैयाँ र श्री कृष्णले १२ करोड ५१ लाख रुपैयाँ शेयर बेचेका छन्। 

  

४ बर्ष अगाडि

प्रतिक्रिया