काठमाडौं, पछिल्लो २४ घण्टामा देशभर५ सय ९१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११ हजार ३ सय ५५ जनाको परीक्षण गर्दा ५ सय ९१ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो ।
यस्तै मंगलबार कोरोना संक्रमणबाट २ जनाको मृत्यु भएको छ । यससँगै कूल मृतकको संख्या ११ हजार ३८२ पुगेको छ ।
यस्तै, सोही अवधीसम्म ६ सय ६४ जना संक्रमण मुक्त भएका छ । कूल निको हुनेको संख्या ७ लाख ८९ हजार ७८९ पुगेको छ ।
कूल संक्रमितको संख्या पीसीआर विधिबाट ८ लाख ११ हजार ४ सय ७ र एन्टीजेनबाट ९४ हजार ३ सय ६९ पुगेको छ । नेपालमा हाल १० हजार २ सय ३६ जना सक्रिय संक्रमित रहेका छन्।
प्रतिक्रिया