काठमाडौं, यातायात व्यवस्था विभागले नयाँ लाइसेन्सका लागि खुलाएको चालक अनुमति पत्रको आवेदन पुनः बन्द गरेको छ । प्राविधिक समस्या आएको भन्दै विभागले बिहीबारदेखि नयाँ आवेदन रोकेको हो ।
विभागले गत मंगलबार ९ गतेदेखि लाइसेन्स आवेदन खोलेको थियो ।
बिहीबार यातायात विभागले निकालेको सूचनमा भनिएको छ‘ अनलाइन लाइसेन्स आवेदनमा केही प्राविधिक समस्या आएको कारण मर्मतका लागि बन्द गरिएको छ । यसबाट सेवाग्राहीलाई पर्न गएको असुविधा प्रति क्षमाप्राथी छौं’ ।
करिब ६ महिना पछि नयाँ चालक अनुमाति पत्रका लागि नयाँ आवेदन खुलेको थियो । प्राविधिक समस्या आएको भनिएको अनलाइन प्रणाली कहिले सुचारु हुने टुङ्गो छैन ।

प्रतिक्रिया