काठमाडौं- साताको अन्तिम कारोबार दिन आज (बिहीबार) पनि शेयर बजारमा हरियाली देखिएको छ । बिहीबार सेयर बजार दोहोरो अंकले बढेको छ ।
आज नेप्से परिसूचक १३.०४ अंकले बढेर २७८२.१६ विन्दुमा पुगेको छ । नेप्से ०.४७ प्रतिशतले बढेको हो । यस्तै, सेन्सेटिभ परिसूचक पनि ४.४२ अंकले बढेर ५२०.९८ विन्दुमा पुगेको छ ।
कारोबारमा आएका कूल २२२ वटा कम्पनीको ९२ लाख ३६ हजार ६ सय १३ कित्ता सेयर खरिदबिक्री हुँदा ५ अर्ब ३९ करोड ५२ लाख ६८ हजार ६ सय २८ रूपैयाँ बराबरको कारोबार भएको छ ।
कारोबार भएका १३ उपसमूहमध्ये ७ वटा उपसमूहको सेयर बढेको छ भने बाँकी ६ वटा उपसमूहको शेयर घटेको छ ।
त्यसैगरी, बिहीबार नेशनल हाइड्रोपावर कम्पनी लिमिटेडको सर्वाधिक कारोबार भएको छ । कम्पनीको २९ करोड १९ लाख ५ हजार रूपैयाँ बराबरको कारोबार भएको हो ।
आज रिडी हाइड्रोपावरको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । कम्पनीको सेयरमूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता ७ सय ९७ रूपैयाँ ५० पैसा पुगेको हो ।
प्रतिक्रिया