तास खेलिरहेको अवस्थामा २ लाख २३ हजार बढि नगदसहित १५ जना पक्राउ

४ बर्ष अगाडि

काठमाडौं - तास खेलिरहेको अवस्थामा ७ जना पक्राउ परेका छन् । कास्कीको पोखरा महानगरपालिका १४ बिपि मार्ग डेरा गरी बस्ने ३६ वर्षीय खिल बहादुर गुरुङको कोठामा जुवातास खेलिरहेको भन्ने सूचनाको आधारमा वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । 

उनीहरुको साथबाट नगद ८८ हजार ९ सय २५ रुपैयाँ र १ बुक तास पनि बरामद गरिएको प्रहरीले जनाएको छ । यस्तै मकवानपुर, हेटौंडा उपमहानगरपालिका ४ थाहा चोकस्थित प्रकाश बिकको अटो ग्यारेजमा तास खेलिरहेको अवस्थामा सोही उपमहानगरपालिका १२ बस्ने ४३ वर्षीय कृष्ण ब्लोन लगायत ८ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

उक्त ग्यारेजमा जुवातास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय मकवानपुर र वडा प्रहरी कार्यालय हेटौंडाबाट खटिएको प्रहरीले उनीहरुलाई नगद १ लाख ३४ हजार ५ सय ५० रुपैयाँ र ५ बुक तास सहित पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया