बौद्धको मिनी क्यासिनोमा प्रहरीले हान्याे छापा, २१ जना पक्राउ

७ बर्ष अगाडि

काठमाडौं–काठमाडौँ बौद्धको फूलबारीस्थित लोप्सान लामाको घरमा रहेको मिनी क्यासिनो’मा  प्रहरीले छापा मारी २१ जना जुवाडेसहित रु सात लाख १९ हजार ८२० बरामद गरेको छ ।

 ठूलो रकमसहित जुवा खेलाइरहेको भन्ने गोप्य सूचनाका आधारमा महानगरीय प्रहरी परिसर काठमाडौँ र महानगरीय प्रहरीवृत्त बौद्धको संयुक्त टोलीले लामाको घरमा छापा मारेको हो । 

छापा मार्दा प्रहरीले जुवा खेल्न प्रयोग गरिने गट्टी र कौडासमेत बरामद गरेको छ । पक्राउ परेका २१ पुरुषको अनुसन्धानपछि कानूनअनुसार कारवाही गरिने महानगरीय प्रहरी परिसर काठमाडौँका प्रमुख वसन्तकुमार लामाले जानकारी दिए । 

७ बर्ष अगाडि

प्रतिक्रिया