८ लाख ९७ हजार बढि नेपाली र २ लाख ८० हजार भारतीय नक्कली नोटसहित एक जना पक्राउ

४ बर्ष अगाडि

काठमाडौं - नक्कली नोटसहित एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा जिल्लाको गौशाला नगरपालिका– ९ डुबरबन्नाका तरकारी व्यापारी सुकन महतो रहेको इलाका प्रहरी कार्यालय गौशालाले जनाएको छ । 

महतोलाई बिहीबार बिहान गौशाला बजारबाट ८ लाख ९७ हजार ४ सय ३५ रुपैयाँ नेपाली र २ लाख ८० हजार ९ सय २९ भारतीय रुपैयाँसहित प्रहरीले पक्राउ गरेको हो । 

तरकारी खरिद गर्ने क्रममा किसानलाई नक्कली नोट दिएपछि घटना बाहिरिएको इलाका प्रहरी कार्यालय गौशालाले जनाएको छ । 
 

४ बर्ष अगाडि

प्रतिक्रिया