काठमाडौं - जापानमा एउटा ुस्टार्टअप कम्पनीु ले होभरबाइक भनिने आकाशमा उड्ने मोटरसाइकल निर्माण गरेको छ । त्यसको मूल्य ६ लाख ८० हजार डलर ९झन्डै आठ करोड १६ लाख० नेपाली रुपैयाँ राखिएको छ ।
निर्माता एएलआई टेक्नोलजीजले मानिसहरूले कार छोडेर आफ्नो उत्पादन प्रयोग गर्ने अपेक्षा गरेको छ । होभरबाइकको 'एक्सटुरिज्मो लिमिटिड इडिशन' बुधवारदेखि जापानी बजारमा उपलब्ध भएको हो ।
इलेक्ट्रोनिक्स कम्पनी मित्सुबिशी र चर्चित फुटबल खेलाडी केइसुके होन्डा टोक्योस्थित उक्त कम्पनीका लगानीकर्ता हुन् । एकचोटि चार्ज गरेपछि यो होभरबाइक १०० किलोमिटर प्रतिघण्टाको गतिमा ४० मिनेटसम्म उड्न सक्ने एएलआई टेक्नोलजीजले जनाएको छ ।
उद्यमी तथा पुँजीपतिहरू, उड्ड्यन क्षेत्रका संस्थानहरू तथा उबरजस्तो राइडशेअर कम्पनी पनि उड्ने सवारीसाधनको उद्योगमा इच्छुक देखिएका छन् ।
सन् २०४० सम्म सो उद्योगको कुल मूल्य १५ खर्ब डलरजति पुग्ने विश्लेषकहरूको अनुमान छ ।
प्रतिक्रिया