काठमाडौं, साताको अन्तिम कारोबार दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक झिनो अंक घटेको छ।
अघिल्लो कारोबार दिन अर्थात बुधबार १८.०६ अंक बढेर २७६९.१३ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा ०.२५ अंक घटेर २७६८.८८ विन्दुमा झरेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स ०.६५ अंक बढेको छ।
बिहीबार प्रि ओपन सेसनमा ३५ कम्पनीको २१ लाख ७६ हजार १९१ रुपैयाँ ७० पैसा बराबरको १० हजार ५०६ कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये १४ कम्पनीको शेयरमूल्य बढेको छ भने ८ कम्पनीको शेयरमूल्य घटेको छ। बाँकी ७ कम्पनीको शेयरमूल्य सो सेसनमा स्थिर रहेको छ।
प्रतिक्रिया