नाडेप लघुवित्तको गर्‍यो लाभांश प्रस्ताव, बोनस शेयर कति ?

४ बर्ष अगाडि

काठमाडौं, नाडेप लघुवित्त वित्तीय संस्था लिमिटेले लाभांश घोषणा गरेको छ।

लघुवित्तले गत आर्थिक वर्षको मुनाफाबाट हाल कायम चुक्ता पूँजीको २० प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ १.०५३ प्रतिशत नगद लाभांश गरी कुल २१.०५३ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो।

कात्तिक १० गते बसेको लघुवित्तको सञ्चालक समितिले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो।

नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो लाभांश वितरण गरिनेछ।

हाल लघुवित्तको चुक्ता पूँजी ४० करोड ४८ लाख रुपैयाँ रहेको छ। २० प्रतिशतका दरले ८ करोड ९ लाख ६० हजार रुपैयाँ बराबरको बोनस शेयर वितरणपश्चात लघुवित्तको चुक्ता पूँजी ४८ करोड ५७ लाख ६० हजार रुपैयाँ पुग्नेछ।

४ बर्ष अगाडि

प्रतिक्रिया