दुर्घटनामा एक जनाको मृत्यु

७ बर्ष अगाडि

सुनसरी–सुनसरीको रामधुनी नगरपालिका–५ मा आज भएको मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा काभ्रे–२ का रमेश क्षेत्री रहेको सुनसरीका प्रहरी नायब उपरीक्षक ज्ञानेन्द्रप्रसाद फुयाँलले जानकारी दिए । 

पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको को२०प ९१६२ नंको मोटरसाइकलले सोही दिशातर्फबाट आउँदै गरेको साइकललाई ठक्कर दिएको थियो । साइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार काभ्रे–२ का रमेश क्षेत्री र सुनसरी सदरमुकाम इनरुवा–५ बलाहाका नासुराम चौधरी घाइते भएका थिए । 

घाइते भएका मोटरसाइकल चालक क्षेत्री इनरुवाबाट इटहरीतर्फ जाँदै गरेको को१ज २४१५ नंको म्याजिकमा ठोक्किएपछि उनको मृत्यु भएको इलाका प्रहरी कार्यालय पकलीले जनाएको छ । 
 

७ बर्ष अगाडि

प्रतिक्रिया