फेरी पराजित भयो बार्सिलोना, प्रमुख प्रशिक्षक कोम्यान बर्खास्त

४ बर्ष अगाडि

एजेन्सी - खराब लयमा रहेको बार्सिलोनाले गएराति स्पेनिस ला लिगामा अर्को हार बेहोरेको छ । अघिल्लो एल क्लासिको खेलमा चीर प्रतिद्वन्द्वी रियाल मड्रिडसँग पराजित भएको बार्सिलोना गएराति रायो भालेकानोसँग १–० ले पराजित भएको हो । 

घरेलु टोली रायो भालेकानोले ३०औं मिनेटमा राडामेल फाल्काओले गोल गरेका थिए । जितपछि ११ खेलबाट १९ अंक जोडेको रायो भालेकानो पाँचौं स्थानमा उक्लिएको छ । 

रायो भालेकानोको घरेलु मैदानमा यो लगातार पाँचौं जित हो । बार्सिलोना लिगमा रायो भालेकानोविरुद्धको पछिल्लो १३ खेलमा हारेको थिएन । १० खेलबाट १५ अंक जोडेको बार्सिलोना नवौं स्थानमा छ । 

जुन शीर्ष स्थानको रियालभन्दा ६ अंकले पछाडि हो । बार्सिलोना आइतबार राति रियालसँग २–१ ले पराजित भएको थियो । साथै स्पानिस क्लब बार्सिलोनाले लगातार खराब प्रदर्शनपछि मुख्य प्रशिक्षक रोनाल्ड कोम्यानलाई बर्खास्त गरेको छ ।

ला लिगा अन्तर्गत बुधबार राति भएको खेलमा रायो भालेकानोसँग १-० ले पराजित भएपछि क्लबले कोम्यानलाई बर्खास्त गर्ने निर्णय गरेको हो ।भालेकानोसँग हारपछि बार्सिलोनाले स्टेटमेन्ट जारी गर्दै क्लब अध्यक्ष जोन लापोर्टाले बर्खास्ती बारे निर्णय कोम्यानलाई जानकारी दिएको जनाएको छ । 

यस्तै कोम्यानले बिहीबार टोलीलाई ‘गुडबाइ’ भन्ने पनि बार्सिलोनाले जनाएको छ । क्याम्प नोउमा प्रशिक्षक बनेको १४ महिनापछि नेदरल्याण्ड्सका नागरिक कोम्यान बर्खास्तीमा परेका हुन् ।

४ बर्ष अगाडि

प्रतिक्रिया