धितोपत्र बोर्डको अध्यक्ष नियुक्तीका लागि प्रक्रिया सुरु

४ बर्ष अगाडि

काठमाडौं - नेपाल सरकार अर्थ मन्त्रालयले धितोपत्र बोर्डको अध्यक्ष नियुक्तीको प्रक्रिया सुरु गरेको छ । मन्त्रालयले बुधबार बोर्ड अध्यक्ष छनौटका लागि अर्थसचिव, योजना आयोगका सदस्य तथा एक विज्ञ सहितको समिति गठन गरेको हो ।

समितिको संयोजकमा योजना आयोगका सम्बन्धित क्षेत्र हेर्ने सदस्य डा। रामकुमार फुयालले गर्ने बताइएको छ । त्यसैगरी अर्थमन्त्रालयका अर्थ सचिव सदस्य र विज्ञ सदस्यको रुपमा प्रा. डा. नारायण प्रसाद पौडेल रहेको अर्थ मन्त्रालयले जानकारी दिएको छ । 

प्रा. डा. पौडेल मध्य पश्चिमाञ्चल विश्वविद्यालयका रजिस्ट्रार हुन् । उनी वित्त शास्त्रका विज्ञ समेत हुन् । अर्थमन्त्रीको निर्णयमा गठन भएको सिफारीस समितिले कार्यविधि बनाई आवेदन आह्वान गर्नेछ । 

समितिले आवेदक मध्येबाट योग्य ३ जना मध्ये एक नियुत्तीका लागि सरकारलाई सिफारीस गर्नेछ । सोही सिफारिसमध्येबाट एक जनालाई सरकारले अध्यक्ष नियुक्त गर्ने व्यवस्था छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया