अब्दुल्लाह अल्मुताइरीको एन्फासँग सम्झौता

४ बर्ष अगाडि

काठमाडौं, नेपाली फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले अखिल नेपाल फुटबलस सङ्घ (एन्फा) सँग तीन वर्ष सम्झौता थप गरेका छन् । 

एन्फाका अध्यक्ष कर्माछिरिङ शेर्पा र कतार फुटबल एशोसिएशनसँग भएको छलफलपछि कुवेती प्रशिक्षक अल्मुताइरीले थप तीन वर्षको लागि सम्झौता गरेको एन्फाका अध्यक्ष कर्मा छिरिङ शेर्पाले राससलाई जानकारी दिए ।

माल्दिभ्समा गत असोजमा सम्पन्न साफ च्याम्पियनसिप फुटबलमा नेपाललाई फाइनलमा पु¥याएको अल्मुताइरी त्यतैबाट कुवेत फर्किएका थिए । भारतविरुद्ध फाइनल खेल्नुअघि उनले उक्त खेल नेपाली टोलीसँग अन्तिम खेल रहेको र नेपाल नफर्कने लगभग पक्काजस्तै भएको बताएका थिए।

४ बर्ष अगाडि

प्रतिक्रिया