काठमाडौं, ओमनको एक कम्पनीले नेपाली कामदार माग गरेको छ । ओमनको मस्क्याट सहरमा रहेको OMAN DRYDOCK COMPANY कम्पनीले ६४ जना नेपाली पुरुष कामदारको माग गरेको हो ।
न्यूनतम योग्यता सम्बन्धित काममा दक्ष हुनु पर्ने छ । कामदारले हप्तामा ६ दिन र दैनिक ८ घण्टा काम गर्नु पर्ने छ । करार अवधि २ वर्षे रहेको छ । कम्पनीको नियमअनुसार कामदारले वार्षिक बिदा पनि पाउने छन् ।
कामदारले तलब खान बस्न सहित ३७ हजारदेखि ७८ हजार माथि पाउनेछन् । इच्छुक कामदारले Gulf Manpower Services Pvt.Ltd.को कार्यालय हात्तीगैडाँ काठमाडौंमा कार्तिक १६ र १७ गते अन्तरवार्ता दिनु पर्ने छ ।
स्वदेशमा हुने जीवन बिमा, स्वदेशमा हुने मेडिकलको खर्च र भिसा स्ट्याम्पीङ शुल्क कामदार आफैंले तिर्नुपर्ने छ भने विदेशमा हुने बिमा शुल्क, विदेशमा गरिने मेडिकल खर्च, हवाई टिकट र भिसा शुल्क रोजगारदाता कम्पनीले बेहोर्ने छ ।
प्रतिक्रिया