काठमाडौं, पछिल्लो २४ घण्टामा देशभर ६ सय ७२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार ४ सय ९५ जनाको परीक्षण गर्दा ६ सय ७२ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो ।
यस्तै मंगलबार कोरोना संक्रमणबाट ८ जनाको मृत्यु भएको छ । यससँगै कूल मृतकको संख्या ११ हजार ३८० पुगेको छ ।
यस्तै, सोही अवधीसम्म ४ सय ९५ जना संक्रमण मुक्त भएका छ । कूल निको हुनेको संख्या ७ लाख ८९ हजार १२५ पुगेको छ ।
कूल संक्रमितको संख्या पीसीआर विधिबाट ८ लाख १० हजार ८ सय ८० र एन्टीजेनबाट ९४ हजार ३ सय ५ पुगेको छ । नेपालमा हाल १० हजार ३ सय ७५ जना सक्रिय संक्रमित रहेका छन्।
प्रतिक्रिया