९४ तोला चाँदीसहित एक जना पक्राउ

४ बर्ष अगाडि

काठमाडौं, मोरङको  रतुवामाई नगरपालिका–३ छालगाछीबाट ९४ तोला चाँदीसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
    
पक्राउ पर्नेमा सोही स्थानका ३० वर्षीय धर्वेन्द्र शर्मा रहेको प्रदेश नं १ प्रहरी कार्यालय विराटनगरले जनाएको छ । 

महादेवाबाट खटिएको प्रहरी टोलीले बिल नभएको चाँदीको तार बनाइ ल्याइरहेको अवस्थामा शर्मालाई पक्रउ गरेको हो ।  चाँदीसहित आवश्यक कारबाहीका लागि उनलाई भन्सार कार्यालय विराटनगर पठाउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया