शेयर बजार बढ्ने क्रममा निरन्तरता, कारोबार रकम सहित शेयर खरिदबिक्री पनि बढ्यो

४ बर्ष अगाडि

काठमाडौं,  साताको चोथो कारोबारको दिन बुधबार पनि शेयर बजार बढ्ने क्रमले पाएको छ । 

आज नेप्से सूचक १८.०६ अंकले बढेर २७६९.१३ को बिन्दुमा पुगेर बन्द भएको छ ।  नेप्सेले बुधबार २८ सय विन्दु पार गरेर फर्किएको हो । इन्ट्रा डे कारोबारमा नेप्सेले २८ सय ५ अंकलाई टेस्ट गरेको थियो ।

अन्तिम समयसम्म कारोबारमा आएका २२८ कम्पनीको १ करोड १५ लाख ९२ हजार २३५ कित्ता शेयर ७५ हजार ६१२ पटकको कारोबारमा ६ अर्ब ६१ करोड २६ लाख माथिको कारोबार भएको छ ।

यस्तै, कारोबारमा आएका कम्पनीमध्ये १११ कम्पनीको शेयरमुल्य बढेको छ भने ६९ कम्पनीको शेयरमुल्य घटेको छ र ७ कम्पनीको शेयरमुल्य स्थिर रहेको छ ।

१३ मध्ये ९ समूहको सूचकमा हरियाली देखिएको छ । बिमा समूहरु, माइक्रोफाइनान्स तथा अन्य समूहहरु बढी चम्किएका छन् । बैकिङ समूह पनि हरियो बनेको छ । ४३ करोड १९ लाख रुपैयाँभन्दा बढीसहित कारोबार रकममा नबिल बैंक  अग्रस्थानमा रहेको छ । यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः आइसीएफसी फाइनान्स र एनआइसी एसिया बैंक परेका छन् ।

लगभग २ महिना अवधिमा बजारले ७ सय अंक गुमाएको थियो । यसरी घटेको बजार अहिले फेरि रिकोभरी फेजमा रहेको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया