नयाँ लाइसेन्सका सेवाग्राहीले ६ देखि ७ महिना कुर्नु पर्ने, चारपांग्रेको भने महिना दिनमा नै पालो

४ बर्ष अगाडि

काठमाडौं, नयाँ लाइसेन्सका लागि आवेदन दिएका सेवाग्राहीले ६ देखि ७ महिना कुर्नु पर्ने भएको छ । मंगलबारदेखि खुलेको अनलाइन नयाँ चालक अनुमति पत्रका लागि आवेदन दिएका नयाँ आवेदकले कम्तीमा पनि ६ देखि ७ महिना कुर्नु पर्ने भएको हो ।

त्यसअघि पुराना आवेदक तथा लिखित परिक्षा दिएर बसेका सेवाग्राहीले ट्रायल प्याक रहेको यातायात विभागले जनाएको छ । 

दुई पांग्रे (मोटरसाइकल, स्कुटर) को नयाँ लाइसेन्सका लागि ७ महिना पर्खिनु पर्ने बाध्यकारी अवस्था रहे पनि चारपांग्रे (कार, भ्यान, सुमो) को नयाँ चालक अनुमति पत्रका लागि भने महिना दिनमा नै यातायात कार्यालय भिजिट डेट आउने छ ।

बागमति प्रदेश भित्रका यातायात कार्यालयले पछिल्लो समय दैनिक पाँच सयदेखि ७ सयसम्म सेवाग्राहीको प्रयोगात्मक परिक्षा लिने गरेका छन । अझै प्रयोगात्मक परिक्षाका लागि ५ लाख परिक्षार्थी बाँकी रहेको यातायात विभागले जनाएको छ ।

विभागले करिब ६ महिना रोकिएको लाइसेन्स आवेदन हिजो मंगलबारदेखि देशभर खुल्ला गरेको थियो ।

४ बर्ष अगाडि

प्रतिक्रिया