बुधबार यी कम्पनीको शेयरमुल्यमा उच्च वृद्धि, कुनको शेयरमुल्य कति पुग्यो ?

४ बर्ष अगाडि

काठमाडौं, साताको चौथो कारोबारको दिन (बुधबार) नेपाल स्टक एक्सेन्च (नेप्से)मा कारोबारको अन्तिम समयसम्म आउँदा ५ कम्पनीको शेयरमुल्य ६ प्रतिशत भन्दा बढीले वृद्धि भएको छ ।

आज वेष्ट फाइनान्सको शेयरमुल्य सबैभन्दा बढी ८.६८ प्रतिशतले बढेको छ । कम्पनीको प्रतिकित्ताको शेयरमुल्य रु.५८० पुगेको छ । 

यस्तै, एनआईसी एसिया लघुवित्त वित्तिय संस्थाको शेयरमुल्य ७.२१,गुहेश्वरी मर्चेन्ट बैंकको ६.७४,मानुषी लघुवित्तको ६.११ प्रतिशत र गुराँस लाइफ इन्स्योरेन्सको ६.०८ प्रतिशतले बढेको छ । 

एनआईसी एसिया लघुवित्तको शेयरमुल्य प्रतिकित्ता रु.१ हजार २०५, गुहेश्वरी मर्चेन्ट बैंकको रु.५६२.५०, गुहेश्वरी मर्चेन्ट बैंकको रु.५२०.९० र गुराँस लाइफ इन्स्योरेन्सको रु.६२४.८० पुगेको छ । 
 

४ बर्ष अगाडि

प्रतिक्रिया