प्रधानन्यायाधीशमाथि महाअभियोग लगाउन माग

४ बर्ष अगाडि

काठमाडौं - बृहत् नागरिक आन्दोलनले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणामाथि महाअभियोग लगाउन माग गरेको छ । 

बृहत नागरिक आन्दोलनले बुधबार विज्ञप्ति जारी गरी प्रधानन्यायाधीश जबरा न्यायपालिकाको नेतृत्व गर्न असक्षम भएको भन्दै महाअभियोग लगाउन दलहरुको ध्यानाकर्षण गराएको हो ।
 
'वर्तमान संकट निदानका लागि जागृत बार एसोसिएसन, पूर्व प्रधानन्यायाधीशहरू, वरिष्ठ अधिवक्ताहरू, न्यायाधीश समाजको आह्वानलाई समर्थन गर्दै हामी न्यायपालिकाको नेतृत्व दिन अक्षम प्रधानन्यायाधीश जबरामाथि महाअभियोग लगाउन राजनीतिक दलहरूको ध्यानाकर्षण गर्दछौँ'  विज्ञप्तिमा भनिएको छ । 


 

४ बर्ष अगाडि

प्रतिक्रिया