प्रधानमन्त्री देउवाद्धारा ओलीप्रति आक्रोश व्यक्त

४ बर्ष अगाडि

काठमाडौं - प्रधानमन्त्री शेरबहादुर देउवाले परमादेशको सवाललाई उठाएर सर्वोच्च अदालतका सबै न्यायाधीशहरुले राजीनामा दिनुपर्ने जस्ता गैरजिम्मेवार अभिव्यक्ति दिएको भन्दै एमाले अध्यक्ष केपी ओलीप्रति आक्रोश व्यक्त गरेका छन् ।

नेपाल तरुण दलको स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा प्रधानमन्त्री देउवाले परमादेशबाट संसदीय व्यवस्था, संविधान र सिंगो देशलाई बचाउने काम अदालतका न्यायाधीशहरुले गरेको दाबी गरे । 

उनले अदालतको आदेशको विरोध नगर्न एमाले अध्यक्ष ओलीलाई सचेत गराए । प्रधानमन्त्री देउवाले अदालतको बारेमा धेरै बोल्न नमिल्ने भन्दै न्यायालयको सम्बन्धमा उठेका सवालहरुबारे सत्तारुढ गठबन्धनमा छलफल गरेर अघि बढ्ने पनि स्पष्ट पारे । 

उनले अदालतमा देखिएको समस्या समाधान गर्ने काम अदालतकै भएको बताए ।


 
 

४ बर्ष अगाडि

प्रतिक्रिया