सशस्त्रका सिपाही र हवल्दारको रासनभत्ता हाकिमको खल्तीमा

७ बर्ष अगाडि

काठमाडौं । रासनबापत नगद नै दिन भनेपछि पनि सशस्त्र प्रहरीमा रासनमा हुने अनियमितता रोकिएको छैन । सिपाही–हवल्दारलाई लामो समय विदामा पठाएर रासनभत्तामा हाकिमले लिने गरेको सशस्त्र प्रहरी मुख्यालयको छाबविनमा खुलेको छ । 

रासन हिनामिना गरेको खुलेपछि दुई गुल्मपतिलाई कारबाही भएको सशस्त्र प्रहरीका प्रवक्ता डीआईजी सुरजकुमार श्रेष्ठले बताए । 

मुस्ताङको गुल्ममाा कार्यरत डिएसपी हरिबहादुर गुरुङ र खोटाङको गणमा कार्यरत डिएसपी धनबहादुर बानियाँमाथि कारबाही चलाइएको उनले बताए । दुवैलाई गुल्म गणपतिबाट हटाएर विभागीय कारबाही गरिएको हो । 

रासनभत्तामा अनिमितताको उजुरी बढेपछि प्रहरी प्रधान कार्यालयको विशेष टिम नै बनाएर बाहिनी, गण, गुल्म तथा बोर्डर आउटपोष्ट (बिओपी) का प्रमुखमाथि कारबाही थालेको हो । आजको नयाँ पत्रिका दैनिकमा खबर  छ । 

७ बर्ष अगाडि

प्रतिक्रिया