एजेन्सी - स्पेनिस ला लिगा फुटबल प्रतियोगितामा आज दुई महत्त्वपूर्ण खेल हुँदैछन् । आज हुने खेलमध्ये एक खेलमा बार्सिलोनाले रायो भालेकानोको सामना गर्दैछ ।
यो खेल भालेकानाको घरेलु मैदानमा नेपाली समयअनुसार राति ठीक १०ः४५ बजेबाट सुरु हुनेछ । यसअघिको खेलमा बार्सिलोना आफ्नै घरेलु मैदानमा आफ्नो कट्टर प्रतिस्पर्धी रियल मड्रिडसँग १–२ ले पराजित भएको थियो ।
हाल अंक तालिकामा बार्सिलोना ९ खेलपछि १५ अंक बनाएर नवौं स्थानमा रहेको छ । अहिलेको अंक तालिका बार्सिलोनाका लागि निकै खराब हो । यता, आज हुने अर्को खेलमा दोस्रो स्थानको रियल मड्रिडले ओसासुनाको सामना गर्दैछ ।
यो खेल रियलको घरेलु मैदान सान्टियागो बेर्नाबेउ रंगशालामा नेपाली समयअनुसार राति ठीक १ः१५ बजेबाट सुरु हुनेछ । यसअघि बार्सिलोनालाई उसकै घरेलु मैदानमा १–२ हराएर रियल उच्च मनोबलमा रहेको छ । रियलले लिगका पछिल्ला ५ खेलमध्ये ३ खेल जितेर एक खेल बराबरी गर्दा एक खेल हारेको छ ।
अहिले लिगको शीर्ष स्थानमा १० खेल खेलेको रियल सोसिडाड २१ अंकका साथ रहेको छ । ९ खेल खेलेको रियल मड्रिड २० अंकका साथ दोस्रो स्थानमा छ भने सेभिल्ला २० अंकसहित तेस्रो स्थानमा छ । एथ्लेटिको मड्रिड १८ अंकसहित चौथो स्थानमा छ ।
प्रतिक्रिया