साफ च्याम्पियनसिपको उपविजेता नेपाली फुटबल टोलीलाई गृहमन्त्रीले सम्मान गर्ने

४ बर्ष अगाडि

काठमाडौं - साफ च्याम्पियनसिपको उपविजेता नेपाली फुटबल टोलीलाई आज गृहमन्त्री बालकृष्ण खाँणले सम्मान गर्ने भएका छन् । माल्दिभ्सको मालेमा सम्पन्न साफ च्याम्पियनसिपमा पहिलो पटक फाइनल पुगेका नेपाली टोलीलाई मन्त्री खाँणले सम्मान गर्ने भएका हुन् । 

सन् १९९३ देखि शुरु भएको साफ च्याम्पियनसिपमा नेपाल पहिलो पटक फाइनलमा पुग्न सफल भएको हो । गृहमन्त्रालय स्रोतकाअनुसार आज दिउँसो मन्त्री खाँणले खेलाडीहरुलाई सम्मान तथा शुभकामना दिने छन् । 

काठमाण्डौंको भृकुटीमण्डपस्थित राष्ट्रिय सभागृहमा नेपाली काँग्रेस तरुण विभाग केन्द्रीय समिति, पानीपोखरीको आयोजनामा उक्त सम्मान कार्यक्रम गर्न लागिएको हो ।

४ बर्ष अगाडि

प्रतिक्रिया