न्यायाधीशले दुई दिनदेखि इजलास बहिष्कार गरिरहेका बाबजुद आज पनि तोकियो इजलास

४ बर्ष अगाडि

काठमाडौं - प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले आफ्नो एकल इजलाससहित संवैधानिक इजलास तोकेका छन् । न्यायाधीशले दुई दिनदेखि इजलास बहिष्कार गरिरहेका बाबजुद प्रधानन्यायाधीश जबराले आज पनि इजलास तोकेका हुन् । 

राजनीतिक भागबण्डामा प्रधानन्यायाधीशले भाग खोजेको न्यायालयको सुधारमा प्रधानन्यायाधीश उदासिन देखिएको लगायतका माग राखेर १५ न्यायाधीशले प्रधानन्यायाधीशले राजीनामा दिनुपर्ने माग राख्दै आएका छन् ।

लगातार छलफलमा रहेका १५ न्यायाधीशले इजलास बंक गर्दा न्यायको पर्खाइमा रहेका कयौं नागरिकले न्याय पाउन सकेका छैनन् । आज प्रधानन्यायाधीश जबराले आफ्नो एकल इजलासमा पाँचवटा मुद्दा राखेका छन् । 

४ बर्ष अगाडि

प्रतिक्रिया