काठमाडौं - चीनबाट १० लाख २० हजार डोज कोभिडविरुद्धको खोप भेरोसेल नेपाल आइपुगेको छ।
खोप आज बिहान ९ बजेर ४५ मिनेट त्रिभुवन विमानस्थलमा अवतरण गरेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार यो खोप कोभ्याक्स कष्ट सेयरिङ अन्तरगत नेपाल सरकारले खरीद गरिएको हो ।
नेपालले कोभ्याक्स कष्ट सेयरिङ अन्तरगत चीनबाट ५९ लाख खोप खरीद गर्ने सम्झौता गरेको छ । सोही सम्झौताको पहिलो खेप आज आएको मन्त्रालयाले जनाएको छ ।
खोप टेकुस्थित खोप भण्डारण केन्द्रमा राखिएको छ ।
प्रतिक्रिया