मंसिरदेखि बिजुलीको नयाँ महसुल दर लागु हुने,२० युनिटसम्म बिजुली खपत गर्नेलाई छुट

४ बर्ष अगाडि

काठमाडौं, मंसिर १ गतेदेखि बिजुलीको नयाँ महसुल दर लागु हुने भएको छ । विद्युत् महसुल निर्धारण आयोगले नयाँ दर स्वीकृत गरिसकेको छ। नयाँ दरमा २० युनिटसम्म बिजुली खपत गर्नेलाई छुटको व्यवस्था गरिएको छ ।

आयोगले आज २ बजे विद्युत महसुल सम्बन्धमा विद्युत विभागको हलमा पत्रकार सम्मेलन गरेर उक्त बिषय सार्वजनिक गर्ने तयारी गरेको छ । आयोगका एक कर्मचारीले मंसिर १ गतेदेखि नयाँ दर लागु हुने जानकारी दिए ।

आयोगले साना तथा ठूला विद्युतीय सवारी चलाउनदेखि घरायसी खपतलाई बिजुली सस्तो बनाएको दावी गरेको छ । 

अहिले पनि रातको समयमा बिजुली खेर गइरहेको र बर्खामा पनि करिव ५ सय मेगावाट बिजुली बढी हुने भएपछि विशेष चासो दिएर विद्युत् महसुल सस्तो बनाउने र खपत प्रवद्र्धन गर्ने काम सरकारले गरिरहेको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया