साहस उर्जा आईपीओ शेयरधनीको डिम्याट खातामा

४ बर्ष अगाडि

काठमाडौं, साहस उर्जा कम्पनीको आईपीओ शेयरधनीको डिम्याट खातामा आइपुगेको छ ।

कम्पनीको एसएएचएएस स्टककोडबाट बुधवारदेखि शेयरधनीको डिम्याट खातामा आएको हो । कम्पनीको शेयर नेप्से तथा सिडिएससीमा सूचिकरण प्रक्रियामा रहेको छ । कम्पनीले भदौ ६ गतेदेखि १० गतेसम्म रू। ७० करोड बराबरको कुल ७० लाख कित्ता आईपीओ निष्कासन गरेको थियो । 

कम्पनीले कुल कित्तामध्ये ३ प्रतिशत अर्थात् २ लाख १० हजार कित्ता शेयर कर्मचारीको लागि र ५ प्रतिशत अर्थात ३ लाख ५० हजार कित्ता शेयर सामुहिक लगानी कोषको लागि छुट्याएको छ । बाँकी रहेको ६४ लाख ४० हजार कित्ता शेयर सर्वसाधारणको लागि निष्कासन गरेको थियो ।

उक्त आईपीओ बाँडफाँट भने गत असोज १७ गते भएको थियो ।  ६ लाख ४४ हजार आवेदकहरुले १० कित्ताका दरले उक्त कम्पनीको आईपीओ पाएका थिए । 

४ बर्ष अगाडि

प्रतिक्रिया